प्रधानमन्त्री कप महिला क्रिकेट: कञ्चनपुर र डडेल्धुराकाे विजयी

बैतडी: प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिता अन्तरगत आज दुई खेल सम्पन्न भएका छन्।
समूह ए अन्तर्गत भएका खेलमा कञ्चनपुर र डडेल्धुरा विजयी भएका छन्।

कञ्चनपुरले कैलालीमाथि ७ विकेटको जित निकाल्दा डडेल्धुराले दार्चुलालाई १०० रनले हरायाे।

कैलालीले दिएकाे १४६ रनको लक्ष्य कञ्चनपुरले १३.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे । जसमा कप्तान विन्दु राववले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रनकाे याेगदान गरिन्।

Oplus_131072

बलिङमा कैलालीकी कविता राेकायाले २ विकेट हात पारिन्।
यसअघि दशरथचन्द क्रिकेट मैदानटस जितेर पहिला ब्याटिङ गरेकाे कैलालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायाे । जसमा भृकुटी चन्दले २२ र मनिषा बाेहराले २१ रन हिर्काइन्।

कञ्चनपुरका लागि साेनम जाेशीले ३ र विन्दु रावलले २ विकेट झारिन्।
विन्दु खेलकी प्लेयर अफ द म्याच चुनिएकी स्काेरर गजेन्द्र चन्दले जानकारी दिनुभयाे।
आजै भएकाे अर्काे खेलमा डडेल्धुराले दार्चुलालाई १०० रनले हरायाे ।
जितका लागि पाएकाे १४४ रनकाे लक्ष्य पछ्याएकाे दार्चुला ४३ रनमा समेटियाे । उसका लागि मनिषा ठगुन्नाले १५ रन जाेड्नुबाहेक अन्यले दाेहाेराे अंकमा रन समेत जाेड्न सकेनन् ।

डडेल्धुराका रेजिना जाग्री र पुजा धामीले २/२ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङमा उत्रेको डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनायाे । जसमा रविना धामीले अविजित ३९ रनकाे पारी खेलिन्।

दार्चुलाका गिता चन्दले २ विकेट हात पारिन्।
डडेल्धुराकी रविना धामी प्लेयर अफ द म्याच चुनिइन्।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलाे सातादेखि धनगढीमा हुँदैछ ।

Oplus_131072

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!