प्रधानमन्त्री कप महिला क्रिकेट: बैतडी फाइनलमा प्रवेश

बैतडी:
प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ।

लगातार दाेस्राे जित दर्ता गरेर बैतडी फाइनलमा सुरक्षित भएकाे हाे।

पहिलाे खेलमा अछामलाई १० विकेटले हराएको बैतडीले दाेस्राेमा डाेटीमाथि १५० रनकाे फराकिलो जित निकाल्दै उपाधि नजिक पुग्याे।

बैतडी समूह बी काे विजेता बन्दै फाइनलमा पुगेकाे हाे। उपाधिका लागि बैतडीले अब समूह ए काे विजेतासंग खेल्नेछ। समूह ए का खेलहरू साेमबारदेखि हुनेछन्

बैतडीले दिएकाे १८७ रनकाे लक्ष्य पछ्याएकाे डाेटी ११.२ ओभरमा ३६ रनमा समेटियाे। जसमा अन्जली खड्काले सर्वाधिक १५ रन बनाएपनि अन्य ब्याटरले दाेहाेराे अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा बैतडीका कप्तान रितु कनाैजियाले ५, करिश्मा थापाले ३ , निर्मला रावलले २ विकेट लिइन् ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे बैतडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८६ रन बनायो । जसमा रितु कनाैजियाले ४५,ममता बाेहराले ३४,करिश्मा थापाले २१ रनकाे याेगदान गरिन् ।
डाेटीका लागि जानकी मलासी र गाैरी सापकोटाले ३/३ विकेट लिए।
बैतडीकि रितु प्लेयर अफ द म्याच भइन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलाे सातादेखि धनगढीमा हुँदैछ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!