प्रधानमन्त्री कप महिला क्रिकेट: बैतडीकाे टाेली सार्वजनिक

बैतडी:प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिता खेल्ने बैतडीको टाेली सार्वजनिक गरिएको छ।

बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीका अनुसार रितु कनाैजियाकाे कप्तानीमा १४ सदस्यीय अन्तिम टाेली घाेषणा गरिएको हाे।

टाेलीकाे उपकप्तानमा जानकी थापा,विकेटकिपरमा ममता चन्द, अन्य सदस्यहरूमा करिश्मा थापा,निर्मला रावल,ममता बाेहरा,लक्ष्मी महर,आरति बाेहरा,निर्मला बाेहरा,रेनु पेला,रबिना बाेहरा,बसन्ती बाेहरा,रितु औझी र सञ्जु पेला रहेका छन्।

प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगिता शुक्रबारदेखि
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुदैछ।
बैतडीको पहिलाे खेल शुक्रबार अछामसंग रहेकाे छ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेश ८ जिल्लाकाे सहभागीता रहने प्रतियोगिता संयाेजक रमेशबहादुर बाेहराले जानकारी दिनुभयाे ।

दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट संघकाे सहयाेगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ ।

टर्फपीचमा खेल गराउदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयाेग पुग्ने भएकाेले यहाँ प्रदेशस्तरीय छनाैट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलाे सातादेखि धनगढीमा हुँदैछ ।

Oplus_131072

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!