दीपेन्द्र विश्वका दश अलराउन्डरमा पर्न सफल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्टार खेलाडी दिपेन्द्रसिंह ऐरी विश्वका दश अलराउन्डरभित्र अटाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले जारी गरेको पछिल्लो वरियतामा सिंह एक स्थान माथि दशौं स्थानमा उक्लिएका हुन् ।

उनी भन्दा पछि एसोसिएट १३ औं स्थानमा नामिबिया कप्तान ग्रेहार्ड इरास्मस रहेका छन् । सिंह भन्दा अघि हार्दिक पान्ड्या तथा मोइन अलि लगायतका खेलाडी रहेका छन् ।

अलराउन्डरको शीर्ष स्थानमा बंगलादेशका शाकिव अल हसन रहेका छन् ।

ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!