काठमाडौं : सुदूरपश्चिम राेयल्स, काठमाडौंमा जारि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलाे संस्करणको फाइनलमा पुगेकाे छ।
आज सम्पन्न पहिलाे क्वालिफायरमा जनकपुर बाेल्ट्सलाई हराएर सुदूरपश्चिम उपाधि नजिक पुगेको हाे।
जितका लागि पाएकाे १४० रनको लक्ष्य सुदूरपश्चिमले सहजै पार गर्याे।
सुदूरपश्चिमकाे जितमा विनाेद भण्डारीले अर्धशतकीय पारी खेले ।
यसअघि त्रिवि मैदानमा जनकपुरले टस जितेर ब्याटिङ राेजेकाेमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायाे । उसका जमिज नसीमले सर्वाधिक ४५ रन बनाए।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे।
उपाधि जितेमा सुदूरपश्चिमले १ कराेड १० लाख पुरस्कार पाउनेछ ।
