एनपीएल: विराटनगरले पोखरा तथा काठमाडौंले जनकपुरसँग खेल्ने

काठमाडौं:  नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार दुई खेल हुँदैछ। बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन्।

दुवै टोली अंकतालिकाको पुछारमा छन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ। दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन।

विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो। अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ।

पोखरा चितवन, जनकपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ।

बिहीबार हुने दोस्रो खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ।

चार खेल खेलिसकेको काठमाडौंले दुई खेल जितेको छ। काठमाडौंले कर्णाली र लुम्बिनीलाई हराउँदा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो।

अब उसले आजको खेलपछि पोखरा र विराटनगरसँग खेल्नेछ। पाँच खेलमा ४ खेल जितेको जकपुर प्लेअफमा पुग्ने निश्चित छ। उसले विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई हराउँदा सुदूरपश्चिमसँग पराजित भएको थियो। लिगमा उसले चितवनसँग खेल्न बाँकी छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!