बिडिसिए इलाइट कप: ह्याट्रिक जितसंगै एनआरवाइसी फाइनल नजिक

बैतडी:बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नागार्जुन रणशैनी युवा क्लब (एनआरवाइसी) ले ह्याट्रिक जित निकालेकाे छ।
ह्याट्रिक जित निकाल्ने क्रममा एनआरवाइसीले पञ्चकाेटी युवा क्लबलाई ३ विकेटले पराजित गर्याे।

जितका लागि पाएकाे २४९ रनकाे लक्ष्य एनआरवाइसीले ३५.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्याे। जसमा म्यान अफ द म्याच समेत भएका लाेकेन्द्र चन्दले शतकीय पारी खेल्दै १०२ रनकाे याेगदान गरे।
पञ्चकाेटीका कैलाश बुडालले ३ विकेट हात पारे।

यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे पञ्चकाेटीले ३६ ओभरमा अलआउट हुँदै २४८ रन बनायाे। उसका कैलाश सिंह बुडालले सर्वाधिक ५९ रन हाने ।
एनआरवाइसीका सचिन भट्टले ४ विकेट हात पारे।
लगातार तेस्रो जितसंगै एनआरवाइसी फाइनल नजिक पुगेकाे छ। उसले अब एक खेल खेल्न बाँकी छ।
पञ्चकाेटीले ३ मध्ये २ खेल जितेकाे छ। उसकाे पनि फाइनलकाे सम्भावना कायमै छ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।

गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!