बैतडी: बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पञ्चकाेटी युवा क्लबले दाेस्राे जित निकालेकाे छ। दाेस्राे जित दर्ता गर्ने पञ्चकाेटीले दशरथचन्द क्रिकेट एकेडेमीलाई ५ विकेटले हरायाे।
जितका लागि पाएकाे २६५ रनकाे लक्ष्य पञ्चकाेटीले ३८.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायाे । जसमा सुमित बुडालले हिर्काउदै १०१ र सुदीप कार्कीले अर्धशतक प्रहार गर्दै ७८ रनकाे याेगदान गरे।
एकेडेमीका आयुस चन्द,निखिल चन्द र विरेन्द्र चन्दले १/१ विकेट हात पारे।
यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा पहिला ब्याटिङ गरेकाे एकेडेमीले ४० ओभरमा ९ विकेटको क्षतिमा २६४ रन बनायाे।
उसका लाेकेश चन्द र सुनिल चन्दले समान ५१/५१ रन बनाए। पञ्चकाेटीका जीवन कार्कीले ३,कैलाश बुडाल र उमेश बुडालले २/२ विकेट झारे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएकाे प्रतियोगिता मंसिर ३० गते सम्पन्न हुनेछ ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।
याे प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे ।
गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपकाे उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियाे।
