काठमाडौं: काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनाेजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुर मैदानमा चितवनले टस जितेर ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनायाे।
जसमा हसन एइसाखिलले सर्वाधिक ६५ रन बनायाे।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए।
अपराजित सुदूरपश्चिम ६ अंकसहित दाेस्राे स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा छ ।
सुदूरपश्चिम याे खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना बलियाे बनाउन चाहन्छ।
प्रतियोगितामा ८ टाेली सहभागी छन्।
