सुदूरपश्चिमकाे लगातार तेस्रो शानदार जित,लुम्बिनीको ह्याट्रिक हार

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा
सुदूरपश्चिम रोयल्स ह्याट्रिक जित निकालेकाे छ । ह्याट्रिक जिकाल्ने क्रममा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हरायाे।लुम्बिनीकाे याे तेस्रो हार हाे।

सुदूरपश्चिमले दिएकाे १८८ रनकाे चुनाैती पछ्याएकाे लुम्बिनीले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्याे । उसका विवेक यादवले अविजित ७७ रनकाे याेगदान गरेपनि हार टार्न सकेनन् ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारे ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनायाे । जसमा सैफ जैबले ९० , कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ३९ रन हिर्काए।

दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे शुरू हुनेछ। 

जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ, जसमा दुईवटामा पराजित हुँदा एक  खेल जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्सले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो। 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!