एनपीएल: कर्णालीविरूद्ध चितवन पहिला ब्याटिङमा

काठमाडौं:  नेपाल प्रिमियर लिग (एनपीएल) मा आजकाे पहिलाे खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन्।

कीर्तिपुर मैदानका कर्णालीले चितवनलाई ब्याटिङकाे निम्तो दिएको छ।

चितवन यसअघिका दुबै खेल जितेकाले आज ह्याट्रिक जितकाे खाेजीमा छ।

कर्णाली भने यसअघिका दुबै खेल हारेकाले आजकाे खेल जित्नैपर्ने दबाब छ।

आजै हुने दाेस्राे खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

पाेखरा भने यसअघिका दुबै खेलमा पराजित भएकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!