अपराजित जनकपुरविरूद्ध पाेखरा टस हारेर ब्याटिङमा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन्।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पाेखरालाई ब्याटिङकाे निम्ता दिएको छ।

पहिलाे खेलमा पराजित भएकाे पाेखरा आज दाेस्राे खेल खेल्दैछ। अपराजित जनकपुर लगातार तेस्राे जितकाे खाेजीमा छ।

आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुनेछ ।

एकमा हार र एकमा जित निकालेकाे काठमाडौं तेस्राे खेल खेल्दैछ। सुदूरपश्चिमकाे दाेस्राे खेल हाे। यसअघि पहिलाे खेलमा शानदार सुरूवात गरेकाे सुदूरपश्चिम दाेस्राे जितकाे दाउमा छ।

मंसिर १५ गतेदेखि सुरू प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!