काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।
पहिलाे खेलमा पराजित भएकाे पाेखरा आज दाेस्राे खेल खेल्दैछ। जनकपुर लगातार तेस्राे जितकाे खाेजीमा छ।
दोस्रो खेल दिउँसो १ बजे काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुनेछ ।
एकमा हार र एकमा जित निकालेकाे काठमाडौं तेस्राे खेल खेल्दैछ। सुदूरपश्चिमकाे दाेस्राे खेल हाे।
यसअघि पहिलाे खेलमा शानदार सुरूवात गरेकाे सुदूरपश्चिम दाेस्राे जितकाे दाउमा छ।
मंसिर १५ गतेदेखि सुरू प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ८ टिमको सहभागिता छ ।
