काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा
विराटनगर किङ्सले तेस्राे खेलमा पहिलाे जित निकालेकाे छ।
यसअघि सुरूका दुई खेलमा पराजित विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको राेमाञ्चक जित निकालेको हाे।
हरायाे।
जितका लागि पाएकाे १९२ रनकाे लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिका पूरा गर्याे।
विराटनगरले प्रतियोगिताकै उच्च आकडा पनि पार गर्याे। विराटनगरले १९.५ ओभरमा १९३ रन बनायाे।
उसका लाेकेश बमले अर्धशतक प्रहार गर्दै ७१ रनमा आउट भए।
लाेकेश दीपेन्द्रसिंह ऐरीपछि अर्धशतक हिर्काउने दाेस्राे नेपाली खेलाडी पनि बने ।
लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट हात पारे।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनायाे ।
जसमा कप्तान राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । यसअघिका २ खेलमा विकेटविहीन रहेका सन्दीपले आज विकेट लिन सफल भए ।
