काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ ।
चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेञ्जर्स १३.२ ओभरमा ७४ रनमा अल आउट भएको हो । याे प्रतियोगिताकाे न्यून स्काेर हाे। चितवन ८७ रनले विजयी भयाे।
सोहेल तनवीर र रिजन ढकालले घातक बलिङ गर्दा पोखरा एभेञ्जर्स ७४ रनमा समेटिएको हो ।
पाेखराका नारायण जाेशीले ३० रन हिर्काए।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मंगलबार जारी दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियोे ।
चितवनका लागि रवि बोपराले ३८ बलमा समान ३ चौका र छक्काको सहयोगमा सर्वाधिक ५१ रनको योगदान दिदा कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८, लुक बेन्केन्स्टेनले १३ बलमा १६ रन जोडे
चितवनको याे दाेस्राे जित हाे।
