पर्खाल भत्किँदा पाँच जनाकाे मृत्यु

राेल्पा:
राेल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको हो।

निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका  थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो।
पुल निर्माणमा सात मजदुर खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुईजना भाग्न सफल भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!