नेपाल प्रिमियर लिग: च्याम्पियन बन्ने टाेलीलाई एक करोड ११ लाख पुरस्कार

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन बन्ने टाेलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ ।

आयोजक नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ ।

उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।

त्रिवि मैदान कीर्तिपुरमा आजदेखि एनपीएल सुरू भएकाे छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!