क्रिकेटको महाकुम्भ एनपीएल आजदेखि: उद्घाटनमा सन्दीप र अनिलकाे टिम भिड्दै

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
उद्घाटन खेलमा सन्दीप लामिछानेकाे विराटनगर किङस् र अनिल शाह कप्तान रहेकाे जनकपुर बाेल्ट्स भिड्नेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । खेल सुभारम्भ हुने कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानदुलही झैँ सिङ्गारिएको छ ।
त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ ।

यसले खेलाडी, टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । मङ्सिर १२ गते नै टिकट बुक गरेका दर्शक खेल हेर्न आतुर छन् ।

एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो ।

भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न नेपाल आएका छन् ।

त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो । फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ ।

एनपीएलकाे प्रत्यक्ष प्रशारण भारतीय चर्चित टेलिभिजन स्टार स्पाेट्समा हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!