बैतडी:नेपाली कांग्रेसको एकसय दिने विषेश अभियान बैतडीमा सञ्चालन भएको छ । पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दीपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय समितिले देशभर नै एक सय दिने विषेश अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँ पनि अभियान सञ्चालन गरिएको हो ।
अभियानका लागि प्रतिनिधिका रुपमा नेपाली कांग्रेस केन्द्रिय समितिले बैतडीमा केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आंगेलु शेर्पालाई खटाएको छ ।
केन्द्रीय प्रतिनिधि शेर्पाको प्रमुख आतिथ्यतामा बैठक बसेर मंसिर १३ गतेदेखि सुभारम्भ भएकाे अभियान दशरथचन्द नगरपालिकामा सम्पन्न भएकाे छ।
गरिएको नेपाली कांग्रेस बैतडीका कार्यवहाक सभापति वीरबहादुर विष्टका अनुसार पहिलो चरणको अभियान दशरथचन्द नगरपालिकाबाट शुरु भएको र मेलौली नगरपालिका पुगेर सम्पन्न हुनेछ ।
दशरथचन्दका विभिन्न वडामा सम्पन्न अभियानमा कांग्रेसप्रति आस्थावान नेता कार्यकर्ता तथा स्थानीय नागरिकको पनि सहभागीता रहेकाे थियाे।
आज नगरपालिकाकाे वडा नम्बर २ देहिमाडाैंमा अभियान सम्पन्न भएकाे नगरसंयाेजक रमेशबहादुर बाेहराले बताउनुभयाे।
वडामा कांग्रेसकाे अवस्था,भावी रणनीतिलगायतका विषयमा छलफल भएकाे बाेहराले बताउनुभयाे।
यसैबीच मंसिर १५ देखि दुई दिन सुर्नया गाउँपालिकामा, मंसिर १७ देखि दुई दिन पाटन नगरपालिकामा र मंसिर १९ गते मेलौलीमा अभियान सञ्चालन हुने जनाएको छ ।
पहिलो चरण सम्पन्नपश्चात केन्द्रिय प्रतिनिधिसंगको आवश्यक परामर्श र छलफलपछि दोस्रो चरणको मिति तोकिने कार्यवहाक सभापति विष्टले बताउनुभयो ।
अभियानका क्रममा छलफल, अन्र्तक्रिया, प्रशिक्षणका कार्यक्रम गरिएको छ । जसमा पार्टीको आन्तरिक जीवन,विधान,स्थानीय एजेन्डा,साधारण सदस्य, क्रियाशिल सदस्य नविकरण र सामामहिक राजनीति, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको समन्वयलगायतका विषयमा छलफल,अन्र्तक्रिया र प्रशिक्षण भइरहेको छ ।
अभियानपछि पार्टीलाई थप मजबुद बनाउन रणनीति निर्माण गरिने र पार्टीका सबै तहका सांगठनिक गतिविधि प्रभावकारी हुने विश्वास गरिएको छ ।


