एनपिएल: प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसबाट,सिद्धार्थ बैंक मुख्य प्रायोजक

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ।

एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिए।

क्यानका सचिवले खड्काले सम्झौता रकम नखुलाएपनि नेपाली खेलकुदमा कीर्तिमानी रकम भएको बताए।
सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद। उनले ५ वर्षपछि पनि यो सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

यसैबीच स्टार स्पोर्टसले सिद्धार्थ बैंक एनपिएलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

क्यानले सोही पत्रकार सम्मेलनमा एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको छ।

क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!