जगतपुरीमा विराट काेटीहाेम महायज्ञ सञ्चालनमा

बैतडीः दार्चुलाकाे शैल्यशिखर नगरपालिका ९ गाेकुलेश्वरमा रहेकाे महादेव तीर्थस्थल शिवधाम जगतपुरीमा विराट काेटीहाेम महायज्ञ सञ्चालनमा रहेकाे छ।
विश्वशान्ति,राष्ट्रशान्ति र पितृशान्तिकाे कामनाका लागि कात्तिक १ गतेदेखि महायज्ञ सञ्चालन गरिएको हाे।

श्रद्धालु भक्तजनहरूलाई टिकाप्रसाद ग्रहणकाे लागि आग्रह गरिएको शिवधाम क्षेत्र बिकास जगतपुरीका आजीवन सदस्य पुर्ण साउँदले जानकारी दिनुभयाे।

महायज्ञमा पञ्चपुराणहरूसंगै वाचन,एक कराेड हवन आहुती,१०८ कन्या पुजन,एक कराेड बत्ती चर्मण्यवती मैयामा प्रज्वलन,हाेम गर्ने,भक्तजनहरूलाई भाेजन भण्डारा समेत गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!