छ बलमा छ छक्का,दिनेशले बनाए नयाँ कीर्तिमान

बैतडी: बैतडीको पाटनमा जारी चाैथाे संस्करण पाटन प्रिमियर लिगमा दिनेश रावतले नयाँ कीर्तिमान बनाएका छन्।
सागर स्पाेट्स क्लब,साेराडबाट खेलेकाे दिनेशले आज छ बलमा छ छक्का हान्ने कीर्तिमान बनाएका हुन्।
ग्वाल्लेक क्रिकेट क्लबकाविरूद्ध दिनेशले लगातार छ बलमा छ छ्क्का हिर्काएका हुन्।

पाटन प्रिमियर लिगकाे इतिहासमै पहिलाेपटक यस्ताे कीर्तिमान बनेकाे हाे । हालसम्म पाटन प्रिमियर लिगमा कुनै पनि ब्याटरले छ बलमा छ छक्का हिर्काएकाे रेकर्ड छैन् ।
आफूले राखेकाे याे कीर्तिमानले दिनेश निकै खुसी छन्। उनले भने,” पहिलाेपटक पाटन प्रिमियर लिग खेल्ने माैका पाए,डेब्यु प्रतियोगितामै कीर्तिमान बन्दा निकै खुसी छु ।”
छ बलमा छ छक्का हान्ने कुनै याेजना नरहेकाे बताउदै दिनेशले लगातार ५ छक्का हानिसकेपछि अन्तिम बलमा पनि छक्काकाे प्रयास गरेकाे र सफल भएकाे उनकाे भनाई छ। उनले भने,” छ बलमा छ छक्का हान्छु भन्ने कुनै याेजना थिएन तर लगातार पाँचवटा बलमा छक्का लागिसकेपछि अन्तिम बलमा फेरि छक्काकाे प्रयास गरेकाे हुँ,सफल पनि भए।”

सागर स्पाेट्स क्लबका टिम म्यानेजर समेत रहेका सागर भण्डारी पनि दिनेशकाे याे कीर्तिमानले खुसी भएका छन्। उनले भने,”हामीले पहिलाेपटक पाटन प्रिमियर लिगमा सहभागीता जनाएका हाैं। पहिलाे सहभागीतामै हाम्राे टिमका खेलाडी दिनेशले राखेकाे याे कीर्तिमानले निकै खुसी छु। उज्ज्वल भविष्यकाे कामना पनि छ।”

२० वर्षीय दिनेश कैलालीको घाेडाघाेडी २ साडेपानीका हुन्। कैलाली घर भएपनि उनी कर्णाली प्रदेशबाट क्रिकेट खेल्ने गर्दछन्। पुर्खाैली घर कर्णाली प्रदेशकाे दैलेख रहेका दिनेश विगत २ वर्षदेखि उतैबाट क्रिकेट खेलिरहेका छन् ।

सुदूरपश्चिमभन्दा कर्णालीबाट खेल्दा बढी सम्भावना देखेकाले दिनेशले उतैबाट क्रिकेट खेल्ने गरेका छन्।
विकेटकिपर ब्याट्सम्यान रहेका दिनेशले क्रिकेट खेल्न शुरू गरेकाे ३ वर्ष मात्रै भएकाे छ। ३ वर्षअघि घाेडाघाेडीमै प्रशिक्षण शुरू गरेका दिनेश त्यसकाे १ वर्षपछि कर्णालीमा आवद्ध भई राष्ट्रिय प्रतियोगिताकाे अनुभव समेत बटुलिसकेका छन् ।

३ भाईमध्ये दुई भाइ क्रिकेटमा भविष्य बनाउन खाेजिरहेका छन्। जेठाे भाईका रूपमा रहेका टेक सुदूरपश्चिम प्रदेशबाट क्रिकेट खेल्ने गर्दछन्। माइला भाइ चन्द्र र आमाबुबा भारतमा राेजगारी गर्दै टेक र दिनेशलाई क्रिकेटमै भविष्य बनाउन चाहन्छन् ।

दिनेशकाे पनि क्रिकेटमै भविष्य बनाउने लक्ष्य रहेको छ।उनले भने,” क्रिकेटमै भविष्य बनाउने साेच छ। खेल्दै जाँदा कतिसम्म कतिसम्म सफल भइन्छ।”
नेपाली राष्ट्रिय क्रिकेट टाेलीबाट खेल्ने लक्ष्य रहेकाे समेत दिनेशले बताए।

Oplus_2
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!