आईसीसीकाे अध्यक्षमा पुनः जय शाह

एजेन्सी: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्।

आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो। 

यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्काउने र क्रिकेटको भविष्यका योजना अगाडि बढाउन निरन्तरता दिने आईसीसी बोर्डको भनाइ छ। 

फेरि अध्यक्ष बनेपछि जय शाहले भने, ‘आईसीसी बोर्डले मप्रति देखाएको विश्वासले मलाई गर्व महसुस भएको छ। मप्रति निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभारी छु।’

उनले थपे, ‘आईसीसी अध्यक्षका रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो र योसँगै जिम्मेवारी पनि जोडिएर आउँछ।’

३८ वर्षीय जय शाह पहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए। उनले सुरुमा डिसेम्बर २०२४ मा आईसीसी अध्यक्षको पद ग्रहण गरेका थिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!