बैतडीले जित्यो उपाधिसहित स्वर्णपदक

बैतडी: दशौं राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष क्रिकेटको सुदूरपश्चिम छनौटमा बैतडी च्याम्पियन भएको छ । आज सम्पन्न फाइनल खेलमा डडेल्धुरालाई ३ विकेटले पराजित गरेर बैतडी च्याम्पियन बन्यो । च्याम्पियन बनेको बैतडीले स्वर्णपदक जितेको छ । डडेल्धुराले भने काश्यपदकमा चित्त बुझायो ।

डडेल्धुराले दिएको १३१ रनको लक्ष्य बैतडीले १९ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । बैतडीको जितमा लोकेन्द्र चन्द २९ र आयुश चन्दले २५ रनको योगदान गरे । डडेल्धुराका कैलाश ऐरले ३ र दिल बोहराले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको डडेल्धुराले ९ विकेटको क्षतिमा १३० रन बनायो । उसका किरन धामीले अर्धशतक हिर्काउदै ५२ रन बनाए । बैतडीका भुपेन्द्र चन्द, लोकेन्द्र चन्द र प्रदीप चन्दले २/२ विकेट झारे ।
प्रतियोगितामा प्रदेशका ९ जिल्ला सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!