अटाे दुर्घटना अपडेट: घाइते महिलाकाे मृत्यु

बैतडी: महाकाली राजमार्ग अन्तरगत बैतडीको दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेट खाेचलेक नजिक भएकाे अटाे दुर्घटनामा घाइतेमध्ये एक जनाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा जिल्लाकाे दाेगडाकेदार गाउँपालिका २ कि ४५ वर्षीया हरिना जाेशी( बसन्ती) रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
हरिनाकाे आज बेलुका उपचारकाे लागि धनगढी लैजादै गर्दा बाटाेमै मृत्यु भएकाे हाे।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी दाेगडाकेदार गाउँपालिका २ कि २५ पार्वती जाेशीलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी रेफर गरिएको प्रवक्ता ढुंगानाले बताउनुभयाे। पार्वती गर्भवती समेत रहेकी खुल्न आएको छ ।

यस्तै दुर्घटनामा परेर घाइते भएका पुर्चाैडी नगरपालिका ९ का २० वर्षीय हिरा सार्की जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
घाइते अटाे साहु २५ वर्षीय राजेन्द्र भाटलाई भने उपचारपछि प्रहरीले हिरासतमा राखेकाे छ।

सिल्लेगडाबाट खिरेगाउँ जाँदै गरेकाे सुप प्र ०१-००१ ह ६०७० नम्बरकाे अटाे आज मध्यान्ह १२ बजे क्वालिटी माेडमा दुर्घटनामा परेकाे थियाे।

अटाे चालक दार्चुला शैल्यशिखर ९ का २२ वर्षीय उमेश साउदलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाग्रस्त अटाे सडकबाट १०० मिटर तल खसेकाे छ।
अटाे आफैं अनियन्त्रित भएकाे दुर्घटना भएकाे प्रहरीकाे भनाई छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!