बाजुरा:बाजुरामा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु र एक जना घाईते भएको छन। मृत्यु हुनेमा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६५ वर्षीय अंगे बडूवाल रहेका छन्।
त्यस्तै अरिङ्गालको घर भत्काउने क्रममा गम्भीर घाइते भएका अर्का ६० वर्षीय स्थानीय डम्म साउद प्राथमिक उपचार पश्चात् सामान्य भएको बताईएको छ।
भैसिगोठमा अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा अरिङ्गालको टोकाईबाट बडूवालको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
