बाढी, पहिरोमा परेर मृत्यु हुनेकाे संख्या २०० पुग्याे

काठमाडौं: लगातारको वर्षाका कारण सिर्जिएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म २०० जनाको मृत्यु भएको छ । घटनामा २६ जना बेपत्ता भएका छन् । यस्तै एक सय २७ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

यस प्राकृतिक विपद्मा परेकाको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित हुँदा अहिलेसम्म करिब ४ हजार २ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको जनाइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिनुका साथै बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!