सुदूरपहाडमा विद्युत सेवा अवरुद्ध

बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलाको विद्युत सेवा अवरुद्ध भएकाे छ ।

आज बेलुका ५ बजेदेखि दुई जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएकाे नेपाल विद्युत प्राधिकरण,बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पाैडेलले जानकारी दिनुभयाे।

लगातारकाे बर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ के भी प्रसारणकाे लाइनकाे तार टुटेर ३३ केभी परेकाेले यहाँका दुई जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएको हाे । उहाँले भन्नुभयाे,” १३२ के भि प्रसारणकाे लाइनकाे तार दार्चुलाकाे नाइलमा ३३ केभीमा खस्न गएर विद्युत सेवा अवरुद्ध भएकाे छ।”

विद्युत सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।

अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिककाे टाेली परिचालन गरिएको प्रमुख पाैडेलले बताउनुभयाे।

दुई दिनदेखिको वर्षाले यहाँकाे जनजीवन प्रभावित भएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!