पहिराेले घर पुरियाे,नाै जनाकाे परिवार विस्थापित

बैतडी: पहिराले बैतडीमा एक घर पुरिएको छ। जिल्लाकाे डिलाशैनी गाउँपालिका ४ जाेखल्लीका सुरेन्द्र राेकायाकाे दुई तलाकाे ४ काेठे पक्की घर पहिराले पुरेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
गएराति १२ बजे खसेकाे पहिराले घर पुर्णरूपमा क्षति भएको छ।
पहिराेले मानवीय र पशुचाैपायामा कुनै क्षति नभएपनि अन्नपात,लत्ताकपडा र भाडाकुडा पुरिएका छन्।
पहिराे आउन संकेत पाएपछि घरका सबै मान्छे गाउँले घरमा बसेका थिए।
पहिराले घर पुरिएपछि सुरेन्द्रकाे नाै जनाकाे परिवार आफन्तकाे घरमा बसिरहेका छन्।
प्रहरीकाे टाेली घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!