बैतडी: पहिराेका कारणले बैतडीको पाटन-पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएकाे छ। उक्त सडकखण्डकाे अर्ताेला भन्ने ठाउँमा बिहान पहिराे खस्दा अवरुद्ध भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।
सडक अवरुद्ध हुँदा तल्लाेस्वराडसंगकाे सडक सम्बन्ध बन्द भएकाे छ। यसका साथै तल्लाेस्वराडबाट बाहिरिने र भित्रिने सवारी तथा यात्रु बिचबाटाेमै राेकिएका छन्।
अवरुद्ध सडक खुलाउन पहल भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यहाँ हिजाेदेखि लगातार रूपमा पानी परिरहेको छ।
