बैतडी: सुख्खा पहिराेका कारण महाकाली राजमार्ग अवरुद्ध भएकाे छ। बैतडीको दाेगडाकेदार गाउँपालिका ५ सलसेना भीरमा सडक माथिबाट पहिराे खस्दा राजमार्ग अवरुद्ध भएकाे हाे ।
बुधबार दिउँसो साढे २ बजे खसेकाे पहिराले राजमार्ग अवरुद्ध बनेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
सडकमाथिबाट ठूलाे पहिराे खसेकाेले राजमार्ग सुचारु गर्न समय लाग्ने जनाएको छ।
अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेकाे प्रवक्ता पाण्डेयले बताउनुभयाे।
राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीकाे सडक सम्बन्ध विच्छेद भएकाे छ। यसका साथै लामाे तथा छाेटाे दुरीका सवारीसाधन तथा यात्रुहरू बीचबाटाेमै अलपत्र परेका छन्।
