बैतडी: बैतडीमा एक शिक्षक र स्वास्थ्यकर्मीलाई बलात्कारको आरोप लागेकाे छ। आराेप लागेका दुबैजनालाई प्रहरीले पक्राउ समेत गरिसकेकाे छ।
जिल्लाको सिगास गाउँपालिका—२ स्थित गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज ४१ वर्षीय जनक सिंह धामी र डडेल्धुराको भागेश्वर गाउँपालिका २ घरभई बैतडीको पाटन नगरपालिकाको एक विद्यालयका अध्यापन गराउदै आएका शिक्षक २८ वर्षीय लक्ष्मीकान्त पनेरुलाई बलात्कारको आराेपमा पक्राउ गरिएको हाे।
प्रहरीले विद्यालयकाे नाम खुलाएकाे छैन् ।
१३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका पनेरुले गत चैतको १२ गते राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षकको नामा नाबालिकाका परिवारले चैत २५ गते जबरजस्तीकरणी मुद्धा दर्ता गरेको थिए । मुद्धा दर्ता भएको करिब ६ महिनापछि बैतडी प्रहरी फरार पनेरुलाई पक्राउ गर्ने सफल भएको हो ।
यसैगरी स्वास्थ्य चौकी इन्चार्ज धामीको बिरुद्धमा पनि ३१ वर्षीय युवतीले आफुविरुद्ध जबरजस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई प्रहरीले बिहिबार बिहान पक्राउ गरेको हो ।
पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएकाे छ।
पक्राउ पर्ने धामी विवाहित रहेका छन्।
दुवै घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
