काठमाडौं: पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन नेपाली कांग्रेसले विशेष अभियान सञ्चालनको तयारी गरेकाे छ। आगामी असोज १ गतेबाट सय दिने विशेष अभियान सञ्चालनको तयारी गरेकाे हाे।
उक्त विशेष अभियान पुस १० गतेसम्म सञ्चालन हुनेछ।
अभियान सञ्चालनका लागि तोकिएको जिल्लामा संगठनमा खट्ने गरी कांग्रेसले कार्यादेश तयार समेत गरेकाे छ।
पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ।
जिल्ला जानु अघि केन्द्रले प्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ। विशेष अभियान अन्तर्गत अभियान सकेर आउने प्रतिनिधिले जिल्लागत प्रतिवेदन अनिवार्य पेश गर्नुपर्नेछ।
उक्त अभियान सकिएपछि केन्द्रीय समितिको बैठकमा जिल्लाको वस्तुगत अवस्था बारे छलफल हुने जनाइएको छ। छलफलपश्चात पार्टीलाई थप मजबुद बनाउन रणनीति बनाइनेछ।

