आइसिसीको अध्यक्षमा भारतका शाह निर्वाचित,नेपाललाई फाइदा

काठमाडौं: भारतका जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को  सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन्।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए।

निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गरे।
शाह निर्वाचित भएसंगै नेपाललाई पनि फाइदा पुग्ने देखिन्छ । नेपाली क्रिकेटप्रतिकाे सम्बन्ध राम्रो भएकोले शाह निर्वाचित भएसंगै क्रिकेट विकासमा फाइदा हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!