महाकाली यातायातको बस दुर्घटना

काठमाडौं:
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंका लागि हिडेको महाकाली यातायातकाे यात्रुबाहक बस चितवनकाे भरतपुर–२९ घुमाउनेमा अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।

बिहान सवा ७ बजेतिर नारायणघाट–मुग्लिन सडकको घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो।

शनिवार महेन्द्रनगरबाट काठमाण्डौंका लागि हिडेको सु.प्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको डिएसपी भेषराज रिजालले जानकारी दिनुभयाे।

घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्‍याइएको छ। दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!