विश्वकप महिला क्रिकेट युएईमा हुने

काठमाडौँ: बंगलादेशमा हुने भनिएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ ।
यसअघि बंगलादेशमा प्रतियोगिताको आयोजना निश्चित गरिएको भए पनि असुरक्षाको कारण देखाउँदै युएईमा सारिएको हो।

नवौं संस्करणको विश्वकप यही आउँदा अक्टोबरमा बंगलादेशमा आयोजना गर्ने आईसीसीको तयारी थियो। तर, आयोजक बंगलादेशको क्रिकेट बोर्ड नै हुने भए पनि प्रतियोगिता स्थल भने युएई हुने भएको हो ।

बंगलादेशको तर्फबाट युएई क्रिकेट बोर्डले प्रतियोगिता व्यवस्थापन गर्नेछ। अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र सारजहा अन्तर्राष्ट्रिय रङ्गशालामा हुने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!