बझाङ: अविरल वर्षासंगै बझाङमा पहिराे जादा ४ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका-१० स्थित टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जाेशीले जानकारी दिनुभयो ।
। गएराति घरमाथिबाट पहिरो जाँदा उहाँहरू चारैजनाकाे पुरिएर मृत्यु भएकाे हाे । उहाँले भन्नुभयाे,” चार जनाकाे मृत्यु भएकाे र छ जनाकाे उद्घार गरिएको खबर छ,हामी राहत सामग्री लगेर प्रभावित क्षेत्रमा जादै छाैं।”
राति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा पुरिएर उहाँहरूकाे शव स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान निकालिएको हाे।
पहिराेमा पुरिएका साेही घरका अन्य छ जनाकाे जीवितै उद्घार गरिएको छ।
बिरबहादुर धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, अम्बादत्त जाेशी र शान्ति धामीकाे जिवितै उद्धार गरिएको छ।
