बैतडी:लागूऔषध चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे सुर्नया गाउँपालिका ३ का रामसिंह ऐरी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
ऐरीलाई भारतीय सीमानाका झुलाघाटबाट ३ ग्राम १४० मिलिग्राम चरेससहित समातेकाे हाे। भारतबाट नेपाल फर्किरहेका बेला चेकजाँचकाे क्रममा ऐरीकाे साथमा चरेस भेट्टिएकाे हाे ।
ऐरीविरूद्ध लागूऔषध सम्बन्धि कसुरमा मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
