पहिराेले घर भत्किदा १५ लाखकाे क्षति, परिवार विस्थापित

बैतडी: वर्षासंगै पहिरो खस्दा बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलामा स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् । 
चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर
भत्किएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
घरमुनिबाट पहिरो खसेपछि घर भत्किएका हुन् । 

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । 

घटनामा मानवीय तथा चौपाया क्षति हुनबाट जोगिएकाे छ । 
पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका जनाइएको छ । 
पहिराकै कारण स्थानीय ५ जनाकाे मकैबालीमा समेत क्षति गरेकेाे छ।

डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपबाट विपद्का घटना भएकोमा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । स्थानीय सरकारबाट गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयाे । 

वर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुराेध गरेकाे छ। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!