एक सयकाे नाेटमा नेपालकाे चुच्चे नक्सा!

राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय

काठमाडौं: एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिने भएकाे छ। सरकारले एक सयकाे नाेटमा चुच्चे नक्सा राख्ने भएकाे हाे।
आज बसेको मन्त्रिपरिषद बैठकले एक सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।
तर, सयको नोटमा नेपालको नक्सा पुरानै छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!