सुदूरपश्चिममा नयाँ सरकार गठन प्रक्रिया शुरू,दाबी पेश गर्न आह्वान

कैलाली:सुदूरपश्चिमका प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया शुरू भएको छ। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया शुरू भएकाे हाे।
प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ।
मुख्यमन्त्रीमा दाबी पेश गर्न आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ।
मुख्यमन्त्रीमा नेपाली कांग्रेसले दाबी पेश गर्ने बताइएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!