पार्टीको विधान विपरित गतिविधि गर्नेलाई कारवाही हुन्छः बैतडी कांग्रेस

बैतडी:नेपाली कांग्रेस बैतडीले पार्टीको विधान विपरित गतिविधि गर्नेलाई कारवाही गरिने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै कांग्रेस बैतडीको अनुशासन समितिले पार्टीका जिम्मेवार नेता कार्यकर्ताबाटै विधानविपरितका गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

अनुशासन समितिका संयोजक देवराज जोशीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,“ नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीमार्फत क्रियाशिल सदस्यता लिई पार्टीको विभिन्न ओहदामा रहेर जिम्मेवार नेता तथा कार्यकर्ता साथीहरुबाट नेपाली कांग्रेस पार्टीको विधानविरुद्धका गतिविधिहरु भइरहेको सामाजिक सञ्जालमा देखिएकोप्रति जिल्ला अनुशासन समितिको गम्भीर ध्यान आकर्षित भएको छ । पार्टीका भातृसंस्था,शुभेच्छुक संस्था,सम्पर्क समितिहरुको सम्बन्धमा पार्टीका जिम्मेवार तहमा बसेका साथीहरुको फेसबुक पेजबाट पार्टीका विधानविरुद्ध गतिविधि हुनु पार्टीको विधान र आचरण विपरितको कार्य हो भन्ने हाम्रो ठहर छ । ”

पार्टीको विधान र आचरण विपरित देखिएका यस्ता प्रकारका गतिविधिलाई समयमै सच्याउन सम्वन्धित सबैमा अनुरोध गरिएको छ । अन्यथा जिल्ला कार्यसमितिको अनुशासन समितिले नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपदफा ४ को ङ र च बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउन बाध्य हुने जनाएको छ ।

यसका साथै सबै नेता तथा कार्यकर्तालाई पार्टीको नीति सिद्धान्त र अनुशासनको पूर्ण पालना गरि आफ्नो जिम्मेवारी बहन गरिदिन हुन आग्रह समेत गरिएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!