काठमाडौं: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएकाे हाे।।
बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत नलिई उहाँले राजीनामा दिनुभयाे । उहाँ ०८१ वैशाख ६ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएकाे थियाे।
उहाँको राजीनामासंगै नयाँ मुख्यमन्त्रीकाे बाटाे पनि खुलेकाे छ।
