बैतडी-काठमाडौं सम्पर्क समितिद्वारा सदस्यता हस्तान्तरण कार्यक्रम

बैतडी: नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको आयोजनामा आज सदस्यता हस्तान्तरण तथा धन्यवाद कार्यक्रमको आयोजना गरिएको छ ।

धुम्बराहीमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष भानबहादुर चन्द(भास्कर)को अध्यक्षता तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशी, महासमिति सदस्य ईन्जिनियर दीपेन्द्र बम,महाधिवेशन प्रतिनिधि तथा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँद, सहसचिव दीपेन्द्रबहादुर चन्द, प्रदेश सभा ख क्षेत्रीय सभापति शिवराज भट्ट,जिल्ला सदस्य हिमाल बम,प्रदेश सभा ख क्षेत्रीय सहसचिव महेश विष्ट,ट्रेड युनियन कांग्रेसका अध्यक्ष बशन्त विष्टलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले लोकतान्त्रिक विचारधारा भएका ६० जनालाई सदस्यता हस्तान्तरण गरेका प्रदेश सभा ख का क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिनुभयो । सम्पर्क समितिको अगुवाईमा काठमाडौंमा विभिन्न पेसा,व्यवशायमा संलग्न रहेका लोकतान्त्रिक विचारधारा भएकाहरुलाई सदस्यता हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पार्टीको विधानविपरित कार्य गर्नेलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाली कांग्रेस विधिसम्मत चल्ने नेपालकै अग्रणी पार्टी हो,विधानविपरितका कार्य गर्न कसैलाई छुट छैन्, जो विधानविपरितका काममा संलग्न हुन्छ त्यसलाई कारवाही गरिन्छ ।”

बैतडी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष भानबहादुर चन्द(भास्कर)ले बिरामी तथा अन्य कुनै समस्यामा परेका बैतडीका व्यक्तीहरुको समस्या समाधानका लागि सम्पर्क समितिले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ बैतडी घर भएका कुनै व्यक्ती काठमाडौंमा बिरामी अथवा अन्य कुनै समस्यामा परेका भए उनीहरुको समस्या समाधान गर्न सम्पर्क समितिले काम गर्नेछ । ”

यसैबीच सम्पर्क समितिले बैतडीको सुर्नया गाउँपालिका ४ खातीखोला घर भएका २० वर्षीय लक्ष्मणसिंह महराको उपचारमा आर्थिक सहयोग गरेको छ । दुबै मृगौला फेल भएर वीर अस्पतालमा उपचाररत लक्ष्मणको उपचारका लागि २६ हजार छ सय ७५ रुपैंया संकलन गरि हस्तान्तरण बैतडी–काठमाडौं सम्पर्क समितिका सचिव मनमोहन भट्टले जानकारी दिनुभयो ।
संकलित उक्त रकममध्ये १० हजार रुपैंया नेपाली कांग्रेस बैतडीका सहसचिव दीपेन्द्रबहादुर चन्दले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको हो ।

उहाँले भन्नुभयो,“ लक्ष्मणको उपचारमा सहयोग पुगोस भनेर सम्पर्क समितिको कार्यक्रममा सहभागीहरुबाटै उक्त रकम संकलन गरि हस्तान्तरण गरेका हौं । थप आर्थिक सहयोग संकलनका लागि अभियान नै सञ्चालन गर्ने योजना सम्पर्क समितिको रहेको छ । ”

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!