बैतडी: बैतडी–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन आज हुदैछ । अधिवेशन काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा हुन लागेकाे बैतडी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष ईन्जिनियर दिनेश भट्टले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवहाक सभापति लोकराज अवस्थी,नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको विषेश उपस्थितीमा हुनेछ ।
अभिवेशनमा सम्पर्क समितिका सल्लाहकार,पदाधिकारी,सदस्य,काठमाडौंमा उपलब्ध नेपाली कांग्रेसका नेता, पालिका प्रमुख,उपप्रमुख,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य,भातृ एवं शुभेच्छुक संस्थाका नेता,पार्टीका क्रियाशित सदस्यका साथै आस्थावान,शुभचिन्तक सम्पूर्णलाई अनुरोध गरिएको छ ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।

