बैतडी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बैतडीको नयाँ कार्यसमिति गठन भएकाे छ।
सदरमुकाममा सम्पन्न १३औं जिल्ला अधिवेशनबाट दिव्यवीर योगीको नेतृत्वमा ३३ सदस्यीय जिल्ला कमिटी चयन भएको हाे।
कमिटीको उपाध्यक्षमा शम्भुराज गिरी, मोहित पाण्डे,सचिवमा सन्जय भण्डारी,सह सचिवमा अहिल्या ठकुराठी,सन्तोष जोशी,केशव धामी, नारायण अवस्थी
कोषाध्यक्षमा बिष्णु अवस्थीलगायत अन्य सदस्यहरू रहेका छन्।
अधिवेशनमा अनेरास्ववियु र नेकपा एमालेका नेता कार्यकताहरू सहभागी थिए।
