धनगढी: होटल एसोसिएशन नेपाल (हान) सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रुवस होटलका सञ्चालक प्रकाश चन्द्र भट्ट सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गंगोत्री होटल, कञ्चनपुरका सञ्चालक जगदिश चन्द्र भट्ट तथा उपाध्यक्षमा सिद्धार्थ होटल, कञ्चनपुरका सञ्चालक परमानन्द भण्डारी चयन भएका छन्। महासचिवमा थर्कबहादुर शाह चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा मान सिंह साउद, पदम विक्रम सिंह, नरेन्द्र खड्का, भुवन सिंह भण्डारी, चन्द्रप्रकाश ओली, बसन्ता भण्डारी, शारदा शाह, पशुपती कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता र बैतडीका दिपेश शाह चयन भएका छन्।
शाह बैतडीस्थित हाेटल निवास हेरिटेजका सञ्चालक हुन्।
शाहले ५ कराेडकाे लगानीमा हालै बैतडी सदरमुकाम गाेठालापानीमा हाेटल निवास हेरिटेज सञ्चालनमा ल्याएका छन् ।
साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गर्नुभएको थियाे।
नयाँ नेतृत्वसँगै हान सुदूरपश्चिमले होटल व्यवसायीका साझा समस्या समाधान, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
