धनगढी: कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी असोज ४ गतेदेखि ‘टी-१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप’ सुरु हुने भएको छ।
कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा आयोजना हुन लागेको प्रतियोगिताकाे उद्घाटन खेलमा चैतन्य र डीएससी भिड्नेछन्।
‘Speed, Power, Passion’ को नारासहित १०-१० ओभरको द्रुत ढाँचामा सञ्चालन हुने यस च्याम्पियनसिपमा देशभरका १६ वटा प्रमुख क्लब तथा एकेडेमीहरूले भाग लिँदैछन्।
टोलीहरूलाई चार फरक समूहमा विभाजन गरी लिग चरणका खेलहरू खेलाइनेछ, जहाँबाट समूह विजेताहरू सेमिफाइनलमा पुग्नेछन् भने प्रतियोगिताको महाभिडन्त (फाइनल खेल) असोज १२ गते हुनेछ।
प्रतियोगिताको विजेताले नगद रु ४,०१,१११/- प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु १,०१,१११/- मा चित्त बुझाउनेछ।
प्रतियोगिताले क्रिकेटकाे विकास हुने विश्वास गरिएको छ।
