बैतडी: बैतडीसहित सुदूरपश्चिमका सात जिल्ला खेलकुद समितिको अध्यक्षमा मनोनयन गरिएको छ ।
सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले अध्यक्ष मनोनयन गरेको हो ।
परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार बैतडीमा भुपेन चन्द, कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको हो ।
प्रदेश खेलकुद नियमावली २०७७ को नियम ५ क को व्यवस्थाअनुसार अध्यक्ष मनोनीत गरिएका हुन् ।
जिल्ला अध्यक्षहरु चार वर्षका लागि मनोनयन गरिएको जनाएको छ ।
यसअघि नै नियुक्त भएका डोटी र दार्चुला अध्यक्षहरुको अवधि भने बाँकी छ ।
