अनेरास्ववियु बैतडीको जिल्ला अधिवेशन असार २८ र २९ गते

बैतडी: नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु बैतडीको जिल्ला अधिवेशन यही असार २८ र २९ गते हुने भएको छ।

आज बसेको अनेरास्ववियु जिल्ला कमिटीको पूर्ण बैठकले जिल्ला अधिवेशन असार २८ र २९ गते गर्ने निर्णय गरेको अनेरास्ववियु बैतडी जिल्ला सदस्य तथा श्रीकाेट बहुमुखी क्याम्पसका स्ववियु सभापति शम्भुराज गिरीले बताउनुभयाे।

सदरमुकाममा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!